XII - Class 12 Social Studies Pre board examination question paper 2081 for regular students || Tweleve social studies

TAKSHASHILA ACADEMY
Secondary School / College
पि. बोर्ड परीक्षा २०७९

विषय: सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा समूह क
कक्षा: १२
समय: ३:०० घण्टा
पूर्णाङ्क: ७५


लघु उत्तरात्मक प्रश्न: (११x२=२२)

१) जीवनोपयोगी शिक्षाको परिभाषा लेख्नुहोस्।
२) सामाजिक मुल्य के हो?
३) नेपालको बहुजातीय समाजको विशेषता लेख्नुहोस्।
४) सामाजिक समस्याको समाधान गर्न सामूहिक प्रयासका दुई उदाहरण उल्लेख गर्नुहोस्।
५) सामाजिक अनुसन्धन भन्नाले के बुझिन्छ?
६) सामाजिक समस्याको समाधान गर्न सहयोगी संस्थाको नाम लेख्नुहोस्।
७) स.वि.पि. को पूर्ण रुप के हो?
८) आत्मनिर्भरता भनेको के हो?
९) समावेशी लोकतन्त्रका दुई वटा पक्ष उल्लेख गर्नुहोस्।
१०) नेपालको संविधान नागरिकका हकको लागि आवश्यक दुई महत्वपूर्ण उपबन्ध उल्लेख गर्नुहोस्।
११) लैङ्गिकताको दुई विशेषता उल्लेख गर्नुहोस्।


मध्यम उत्तरात्मक प्रश्न:

१२) मानव जीवनमा जीवनोपयोगी शिक्षाको महत्व के कस्तो रहेको छ? पाँच बुँदामा उल्लेख गर्नुहोस्। (५)
१३) आर्थिक परिप्रेक्ष्य लिई वैयक्तिक चरित्रबाट उत्पन्न हुने समस्याका पाँच बुँदा लेख्नुहोस्। (५)
१४) वर्तमान नेपालको पाँचवटा सामाजिक विभाजनका लक्षण व्याख्या गर्नुहोस्। (५)
१५) नेपालको संविधानको प्रस्तावनामाथि व्याख्या गर्नुहोस्। (५)
१६) सामुदायिक सेवा सञ्चालन गर्दा अपनाउनुपर्ने ५ वटा चरणहरू लेख्नुहोस्। (५)
१७) नेपालको समस्या समाधान गर्न समाजशास्त्रीय सैद्धान्तिक दृष्टिकोण उपयोग गर्नुहोस्। (५)
१८) समुदायमा हुने सामाजिक विवाद समाधान गर्न अपनाइने प्रक्रिया के के हुन? (५)
१९) सामाजिक न्याय प्राप्तिका उपायहरू उल्लेख गर्नुहोस्। (५)
२०) नेपालमा सामाजिक समस्याको समाधान गर्न नागरिक र राजनीतिक सङ्गठनको भूमिका लेख्नुहोस्। (५)
२१) "शिक्षा सामाजिक रूपान्तरणको महत्वपूर्ण स्रोत हो" भन्ने भनाइको पुष्टि गर्नुहोस्। (५)


दीर्घ उत्तरात्मक प्रश्न:

२२) नेपालको संविधानमा व्याख्या गरिएको अन्तर्राष्ट्रिय सम्बन्धका सिद्धान्तहरू लेख्नुहोस्। (७)
२३) नेपालमा संघीयता अभ्यास गर्दा देखा परेका समस्या उल्लेख गरेर समाधानको उपाय उल्लेख गर्नुहोस्। (७)
वा
बिकल्प:
क) सन् २०५२/५३ को जनयुद्धको कारण र परिणामको चर्चा गर्नुहोस्।
ख) स्थानीय सरकारको नीति निर्माण प्रक्रिया उल्लेख गरेर नागरिक सहभागिता सुनिश्चित भएको उदाहरण प्रस्तुत गर्नुहोस्।


#buttons=(Ok, Go it!) #days=(60)

Our website uses cookies to enhance your experience. Learn More
Ok, Go it!